काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ।
प्रधानमन्त्रीको सम्बोधनमा मुलुकमा पछिल्ला दिनमा विकसित राजनीतिक तथा सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय मुद्दा र सरकारका आगामी कदमबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन आज साँझ हुने तय भएको छ। पछिल्ला घटनाक्रमका सन्दर्भमा सरकारको आधिकारिक धारणा र आगामी रणनीतिबारे प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुहुने अपेक्षा गरिएको छ।
हालै विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षा, सुशासन तथा समसामयिक राष्ट्रिय विषयलाई सम्बोधनको मुख्य एजेन्डाका रूपमा समेटिने जनाइएको छ।











