१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक



अ+ अ-

काठमाडौं।  पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जारी आदेशअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा कायम रहनेछ।

प्रशासनले तोकिएको अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा आयोजना गर्न, जुलुस निकाल्न तथा कुनै पनि प्रकारका प्रदर्शन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।

निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाभित्र पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ।

स्थानीय प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको जनाएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।