१४ श्रावण २०८३, बिहीबार
,
Latest
माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसद यादवले उक्त घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सांसद यादवले सुनसरी घटनाले राज्यको सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो । यति ठूलो घटना हुँदा पनि गृहमन्त्रीको मौनता र अनुपस्थितिमाथि समेत प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन । हिजोका दिनमा यस्तै घटना हुँदा सरकारलाई नैतिक रूपमा असफल घोषणा गर्ने प्रधानमन्त्री आज स्वयं नेतृत्वमा हुनुहुन्छ । हिजो अरूका लागि प्रयोग गरिएको नैतिक मापदण्ड आज आफूमा लागू हुन्छ कि हुँदैन ? के प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ? प्रधानमन्त्रीको मुख्य जिम्मेवारी घटना हुन नदिनु, सुरक्षा सुनिश्चित गर्नु र राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु हो ।’

सांसद यादवले नेपाली काँग्रेस कुनैपनि प्रकारको हिंसा, धार्मिक वा सामुदायिक द्वेषको पक्षमा नरहेको स्पष्ट पार्दै सरकारको लापरवाहीका विरुद्ध पार्टी मौन नबस्ने चेतावनीसमेत दिनुभयो ।–




भर्खरै