३० भाद्र २०८३, मंगलवार
,
Latest
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।

बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ ।

नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ । यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन वृद्धि मात्र सरकारको उद्देश्य नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पु¥याउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पार्नुभयो ।