१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी



अ+ अ-

काठमाडाैँ । वागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न वागमती प्रोस्कुनले भुमिका खेल्नुपर्ने समेत बताउनु भयो । उहाँले प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरण रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले संशोधन प्रश्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिनुभयो ।

उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न भुमिका खेल्न प्रोस्कुन बागमतीलाई आग्रह समेत गर्नुभयो ।




न्यूजपोलारबाट थप समाचार