१३ श्रावण २०८३, बुधबार
,
Latest
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड



अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार संरक्षण, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा नेपाल सरकार र युनिसेफबीच सञ्चालित कार्यक्रमको प्रभावकारिता बढाउने तथा आगामी दिनमा सहकार्यका प्राथमिकता निर्धारण गर्ने विषयमा समेत विचार–विमर्श भएको थियो।

मन्त्री बादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। उहाँले बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको समन्वयलाई थप परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउने बताउनुभयो। उहाँले आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

भेटवार्तामा बालमैत्री तथा समावेशी समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबीचको सहकार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै