१३ श्रावण २०८३, बुधबार
,
Latest
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणाली र आयोगको क्षमतामाथि सांसद डा. लेखजंग थापाको प्रश्नः ‘मतदान प्रतिशत बढाउने ठोस आधार के छ ?’



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले निर्वाचनमा आम नागरिकको समावेशिता र मतदान प्रतिशत बढाउने विषयमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्तसँग ठोस कार्ययोजना माग गर्नुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाईका क्रममा सांसद थापाले विगतका निर्वाचनमा देखिएका कमजोरी र आगामी चुनौतीबारे प्रश्न उठाउनुभएको हो ।

सांसद थापाले सुदूरपश्चिम जस्ता क्षेत्रमा मतदानको प्रतिशत ५० को हाराहारीमा मात्रै रहनुले निर्वाचनले साच्चै ‘मुलुकको आवाज’ प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनु भयो । सांसद थापाले विशेषगरी वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान केन्द्रहरू मैत्रीपूर्ण नभएको र उनीहरूलाई मतदान केन्द्रसम्म ल्याउने यातायातको व्यवस्था (ट्रान्सपोर्टेसन) को पाटो कार्ययोजनामा छुटेको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचन आयोगको आफ्नै कार्यक्षमता र संस्थागत सबलीकरणको विषयमा पनि स्पष्ट खाका माग गर्नुभयो ।

सुनुवाईका क्रममा उहाँले भन्नुभयो, ‘हामी समावेशिताको कुरा गर्छौँ तर कुना–काप्चाका जनतालाई निर्वाचनमा कसरी समेट्ने भन्ने विषयमा प्रस्तावित कार्ययोजना अझै अस्पष्ट र अमूर्त देखिन्छ । मतदाताको तथ्यांक संकलन र कर्मचारीको तालिमसँगै उनीहरूलाई मतदान केन्द्रसम्म पु¥याउने व्यावहारिक पक्षमा ध्यान दिनु जरुरी छ । अहिलेको मतदान प्रतिशत करिव ५६.६ प्रतिशत रहेको तथ्यांक छ । तपाईंको कार्यकालमा यसलाई कति प्रतिशत पु¥याउने लक्ष्य राख्नुभएको छ ? १० वा १५ प्रतिशत कति बढाउने हो, त्यसको स्पष्ट प्रतिबद्धता नयाँ पुस्ताले खोजिरहेको छ ।’

प्रस्तावित आयुक्तको कार्ययोजनामा वस्तुगत लक्ष्य नदेखिएको भन्दै थापाले प्रश्न गर्नुभयो । सांसद थापाले संविधान, ऐन र नियमले मात्रै सबै मार्गनिर्देश नगर्ने भन्दै प्रमुख निर्वाचन आयुक्त जस्तो गरिमामय पदमा रहने व्यक्तिसँग स्पष्ट दृष्टिकोण र ठोस कार्ययोजना हुनुपर्नेमा जोड दिनुभयो ।–