२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । उहाँले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताउनुभयो ।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताउनुभयो । उहाँले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको छ भन्नुुभयो ।

उहाँले दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पु¥याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार स्थापना भएको दुई वर्षको अवधिमा सङ्घीयताको फाउन्डेशन तयार गरेर महत्वपूर्ण कानून निर्माण गर्न सफल भएको बताउँदै प्रदेश सरकार अब यसैका माध्यमबाट जनताका अधिकार व्यवहारमा लागू गर्ने काममा अघि बढेको बताउनुभयो ।

संविधान दिवसका अवसरमा यसअघि बुटवलको राजमार्ग चौराहाबाट विभिन्न वेषभूषासहितका विभिन्न जातजाति समुदायका परम्परा संस्कृति झल्किने झाँकी र बाजागाजा सहितको ¥याली बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणत भएको थियो । झाँँकीमा सहभागिता रहेकामध्ये १० वटा समूहलाई पुरस्कृत भएका छन् । झाँकी समूहमध्ये रुपन्देहीको तिलोत्तमा नेवाः समूह बुटवल–३ प्रथम भई रु ४० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवल र पद्यम चैत्य विहार बुटवल–१ द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । नेवा समाज प्रदेश ५ बुटवल, सैनामैना नगरपालिका रुपन्देहीको सांस्कृतिक समूह र जितगढी सरायँ नाच व्यवस्थापन समितिले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी थारु सांस्कृतिक मयुँर नाच मोतिपुर, खेमा तमु ह्युल छोज धी देवदह रुपन्देही, क्षेत्री समाज नेपाल रुपन्देही र राधेश्याम महिला भजन मण्डली बुटवलले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी झाँकी समूहलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।