१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

‘भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

‘भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताउनुभयो ।

“संविधानप्रदत्त अधिकारबमोजिम समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको सङ्गठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन गरेका छौँ ।” आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद् दुर्घटना बीमालगायतका कामहरुमा सरकार अघि बढेको उहाँको भनाइ थियो ।

प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकार विकास र समृद्धिको जग निर्माण गर्न सफल भएको मुख्यमन्त्री शाहीले उल्लेख गर्नुभयो । सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको उहाँको जिकिर थियो ।

संविधान कार्यान्वयन प्रक्रियालाई केही प्रतिगामी शक्तिहरुले अवरोध गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री शाहीले परिवर्तनको प्रवाहलाई कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनताको संविधान निर्माण हुनु शहीदहरुको बलिदानी नै मुख्य कारण भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणका लागि सबै नागरिकमा दिवसले प्रेरणा पैदा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

दिवसमा वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढी चोकबाट प्रभातफेरी कार्यक्रम शुरु भएको थियो । प्रदेश सरकारका मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, संघीय संसद्, प्रदेशसभा तथा योजना आयोगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत आम नागरिक सहभागी भएको उक्त कार्यक्रम बालबालिकाहरुको टप्पा नाच, राउटेहरुको नृत्य, नेपाली सेनाका जवानहरुको थारु नृत्य, तेक्वान्दो खेल प्रदर्शनसहित सम्पन्न गरिएको थियो ।