५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले यसरी सम्झिन स्व. कोईरालालाई



अ+ अ-

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त गर्नुभएको छ । यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्नुहुदै राष्ट्रपति भण्डारीले स्व. कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता हुनुहुन्थ्यो भन्नुभयो ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला इतिहासमा सफल नेता हुनुभएको धारणा व्यक्त गर्नुभयो ।

वर्तमान संविधान निर्माण गर्न नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो । पाँच वर्ष आठ महीनामा तयार भएको संविधान निर्माणमा ३० राजनीतिक दल सहभागी थिए । पछिल्लोपटक सम्पन्न संविधानसभा निर्वाचनबाट प्रधानमन्त्री रहनुभएका स्व कोइरालाको नेतृत्वमा विसं २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो ।