२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान गतिशील दस्ताबेज हो, परिवर्तन हुदै जान्छ –सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधान एक गतिशील दस्ताबेज भएकोले यसलाई समयानुकुल परिवर्तन गर्दै लान सकिने बताएका छन् ।


संविधान दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ५ द्धारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– संविधानमा सबैले भनेका सबै कुरा नसमेटिएको कुरा सत्य हो, तर यो एक गतिशील दस्ताबेज भएकोले समयक्रममा हाम्रो उपस्थिति र आवश्यकता अनुसार परिवर्तन गर्दै लैजानुपर्छ ।


डा.महतले भने– यो संविधानमा हामीले भनेका पनि सबै कुरा समेटिन सकेका छैनन् र कम्युनिष्टहरुको चाहना अनुसार पनि नआएको साँचो हो जस्तो कि हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका थियौँ र कम्युनिष्टहरुको चाहना भने एक दलीय व्यवस्था राख्ने भन्ने थियो ।

वर्तमान संविधानको मस्यौदा समितिका सदस्य रहेका डा. महतले त्यस समयको अनुभव सुनाउँदै संविधानमा राख्नुपर्ने विषयमा धेरै विवाद भएको र दोस्रो संविधान सभाले पनि संविधान जारी गर्न नसक्दा राजनीतिक दलमाथि नै प्रश्न उठ्ने भएकाले संविधान नै जारी नहुनुभन्दा प्राप्त उपलब्धिहरुलाई समेट्दै जाउँ भन्ने उद्देश्यले नै संधिवान घोषणा गरिएको बताए ।


यो संविधान नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको स्मरण गर्दै डा.महतले आगामी दिनहरुमा काँग्रेसको शक्ति र उपस्थिति बढ्दै गयो भने प्रजातन्त्र र नेपाली जनताको चाहना अनुकुल संविधानमा संशोधन गर्दै लगिने पनि उनले बताए ।

सहमहामन्त्री डा.महतले यो संविधानलाई सबै नेपालीको साझा दस्ताबेज बनाउनुपर्ने बताए । सरकारले सुशासन दिन नसक्ने र अहिलेकोजस्तो अधिनायकवादी शैलीलाई नै कायम गर्दै लाने हो भने यसले सरकारप्रति मात्र नभएर देशको साझा दस्ताबेज बन्नुपर्ने संविधानप्रति नै वितृष्णा बढाउने खतरा रहने उनले बताए ।