१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

नाैबिसे–नागढु‌ंगा सडककाे अवस्था नाजूक, सडकभरि खाल्डा

नाैबिसे–नागढु‌ंगा सडककाे अवस्था नाजूक, सडकभरि खाल्डा
अ अ+ अ-

काठमाडौँ — असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम अझैसम्म नसकिँदा दसैं तिहारमा राजधानी भित्रिने र बाहिरिने यात्रुलाई सास्ती हुने भएको छ । चाडपर्वका बेला यातायात सहज बनाइने दाबी गरे पनि मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डीलगायत सडकको अवस्थाका कारण यात्रुलाई उस्तै सास्ती हुने भएको हो ।

दसैंतिहार नजिकिँदा पृथ्वीराजमार्गमा सवारी चाप बढेको छ। खाल्टाखुल्टी, सवारीसाधनको चापलगायतका कारण राजमार्गमा जामको समस्या झन् बढ्न थालेको छ।
दसैंतिहार लक्षित गरी दैनिक १२ हजार सवारीसाधन र मालवाहक साधन राजधानी भित्रिने गर्छन्। १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिने गर्छन्। तीमध्ये ७ सय बढी १८ चक्केदेखि २२ चक्के भारतीय मालवाहक साधन आउन थालेका छन्। राजधानीमा राति मात्रै गुड्ने अनुमति पाएका टिपर पनि साँझ एकै पटक धेरै जाने भएपछि राजमार्ग झनै व्यस्त हुने गरेको छ।
नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर सडक मर्मतको जिम्मा पाएको चितवनस्थित जीअएमआर कन्स्ट्रक्सनले अहिलेसम्म काम पूरा गरेको छैन। ‘दसैंलगायत पर्वलाई असहज नहुने गरी ठेकेदारलाई परिचालन गर्दै छौं,’ चितवनस्थित सडक डिभिजन प्रमुख कृष्ण अधिकारीले भने।
नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न खानीखोलास्थित प्रहरीलाई हम्मे पर्ने गरेको छ। राजधानीबाट सडक मार्ग हुँदै पोखरा र चितवनलगायत अन्य जिल्लामा जाने भीभीआईपीको सवारी व्यवस्थापन गर्न झनै हम्मे पर्छ।
सडकमा सवारी जाम गराउने सबैभन्दा बढी अत्यधिक भार बोकेका ठूला र लामा ढुवानीका साधन हुन्। व्यापारिक सामग्री बोकेर आउने १२ देखि २२ चक्के मल्टिएक्सल कन्टेनर र लरीहरू खानीखोलाबाट उकालो लाग्दा सवारी जाम हुने गरेको छ। ‘यी ढुवानी साधन त बिग्रन पनि पर्दैन, मोडहरूमा लम्बाइ नपुग्ने भएपछि त्यत्तिकै जाम हुन्छ,’ जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले भने। दसैं अवधिमा राजधानीमा बढी बिक्री हुने मोटरसाइकल, गाडीका टायर, सिमेन्ट, मार्बल र फलामे छड बोकेर आउने अत्यधिक भार बोकेका लरीहरूलाई रोक्ने निर्देशन छैन। पृथ्वीराजमार्गको अधिकतम भार १५ टन भए पनि ४२ टनसम्म बोकेका साधन हरेक दिन राजधानी भित्रिने गरेका छन्।
दुईवटा ढुवानीका साधन बराबरको भार बोकेर आएका साधनलाई २ हजार मात्रै जरिवाना तिरेर ल्याउन पाउने प्रावधान संशोधन हुनुपर्ने प्रहरी प्रमुख वैदवार बताउँछन्। मापदण्डविपरीतका मालवाहक साधनलाई वीरगन्ज र भैरहवा भन्सारबाटै रोक लगाउनुपर्ने उनले बताए।
भन्सारमा जरिवाना नतिरेरै आएका ढुवानी साधनले धार्केमा रहेको धर्मकाँटामा मापदण्डअनुरूपकै भार देखाएर कानुन मिच्ने गरेको पाइएको छ। ट्राफिकलाई मापदण्डविपरीत भार बोकेको कसुरमा जरिवाना रसिद देखाएपछि जति टनका मालवाहक साधन पनि सडकमा सञ्चालन हुन्छन्। ‘बढी भएको सामान झिक्ने अधिकार आफूहरूलाई नभएको गजुरीस्थित जिल्ला ट्राफिक कार्यालय इन्चार्ज नेत्रप्रसाद भट्टले बताए।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगासम्मको करिब १५ किमि खण्डमा अत्यधिक भारले खाल्डा पर्नुका साथै भास्सिएर कुलोझैं बनेपछि सडकमा झनै जाम पर्ने गरेको छ। भारतबाट पहिलो पटक आएका चालकलाई अनुभव नभएका कारण खाल्डामा बढी भार भएका ढुवानी साधन एक्सल भाँच्चिएर बीच सडकमै ठप्प हुने गरेका छन्।
सडकको भौतिक अवस्थाबारे सडक सुरक्षाविज्ञ आशिष गजुरेल देशका सडक दीर्घकालीन योजना र सवारी चापको अनुमान नगरी निर्माण गरिएको, राजमार्गहरू नागरिकमैत्री नभएको र पैदल हिँड्ने लेन नभएकाले राजमार्गलाई सहरी सडकका रूपमा विकसित गरिनुपर्ने बताउँछन्। गजुरेलले समयमा सडक मर्मत नहुनु र सडकको भारवहन क्षमता मापदण्ड लागू नहुनु पनि समस्या रहेको बताए।
चाडपर्वमा प्रहरीको राजमार्ग विशेष सुरक्षा योजना दसैं, तिहारलगायत चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि र दुर्घटना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइका लागि विशेष कार्ययोजना निर्माण गरेको छ।
राजमार्गलगायत सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा ६ वटा मोबाइल गस्ती, १५ वटा मोटरसाइकल गस्ती एवं २७ वटा पैदल गस्ती दैनिक रूपमा २४ सै घण्टा परिचालन गरिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।
स्थानीय निकायहरूसँग समन्वय र सहकार्य गरी सुरक्षा योजना लागू गरिने र स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग समन्वय गरी शान्ति सुरक्षासम्बन्धी खबर संकलनको व्यवस्था गरिने जिल्ला सुरक्षा समिति तथा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। प्रहरी गस्ती टोलीलाई बैंक, वित्तीय संस्था, सुनचाँदी पसललगायत व्यापारिक केन्द्रमा प्रहरी परिचालन र आपराधिक गिरोह एवं क्रियाकलाप निगरानी गर्न रातको समयमा समेत सादा पोसाकका प्रहरीहरूको परिचालन हुनेछ।
भीडभाड हुने स्थान एवं राजमार्गमा सवारीसाधनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने र गुन्डागर्दी एवं लागूऔषध दुर्व्यसनीबाट हुने अपराध नियन्त्रणका लागि संवेदनशील स्थानको पहिचान गरी विशेष चेकजाँचको व्यवस्थासमेत गरिनेछ।
जिल्लाभित्र आउने र जाने प्रमुख नाका एवं सदरमुकाम प्रवेश गर्ने नाकाहरूमा नियमित र आकस्मिक चेकिङको व्यवस्था गर्ने योजना बनाएको छ। प्राकृतिक स्रोतसाधन दोहन गर्नेमाथि संवेदनशील एरियामा विशेष प्रहरी र आवश्यकताअनुसार थप टोली परिचालन गर्न सक्ने गरी सशस्त्र प्रहरी बलसँग समन्वय र सहकार्य गरिनेछ।
आगामी सोमबारदेखि राजमार्गका होटलको प्रभावकारी अनुगमन गर्न खाद्य तथा गुणस्तर विभागबाट समेत प्रााविधिक टोली बोलाइएको र सवारीसाधनका यात्रु लक्षित होटल तथा रेस्टुरेन्टहरूलाई मर्यादित बनाउन जिल्लास्थित होटल व्यवसायी संघसँग समन्वय गरिने प्रजिअ तामाङले बताए।
जिल्लाभरिका होटेल, लज, रेस्टुरेन्ट, मनोरञ्जनात्मक स्थल आदिको नियमित एवं आकस्मिक अनुगमन र चेकजाँच व्यवस्था पनि गरिनेछ। राजमार्गमा गुड्ने सवारीसाधनको चेकिङमा कडाइ गरी क्षमताभन्दा बढी यात्रु राखेको, बढी भाडा लिएको, उपभोग्य सामग्रीलगायत औषधिको कालोबजारी नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी संयुक्त अनुगमन पनि गरिने जिल्ला सुरक्षा समितिको योजना रहेको छ।
लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुईवटा चालक राख्ने व्यवस्था मिलाउने, राजमार्गमा ठाउँ ठाउँमा ट्राफिक प्रहरीबाट नियमित अनुगमन व्यवस्था मिलाइने र पृथ्वीराजमार्गको नौबिसेदेखि नागढुंगासम्म सवारी जाम हुन नदिन मोबाइल गस्ती खटाई बिग्रेका सवारीसाधनलाई समयमै हटाउने र नो ओभरटेक जोन लागू गर्ने योजना बनाएको छ।
जिल्ला प्रहरी कार्यालय, १२ स्थानमा राजमार्ग प्रहरी इकाइ र अन्य गरी ३५ वटा प्रहरी इकाइ चाडपर्वमा परिचालन हुनेछन्। राजमार्गको जोगिमाराको मझिमटार, गजुरी बजार, गल्छी चोक‚ महादेवबेंसी बजार‚ खानीखोलाको नौबिसे बजार र धादिङबेंसीको पुछारबजार गरी जम्मा ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने र लामो दूरीका चालकका लागि मझिमटार, गजुरी र खानीखोला एरियामा रिफ्रेस सेन्टर स्थापना गर्ने योजना बनाएको छ। (कान्तिपुर दैनिकमा समाचार छ)