१४ आश्विन २०८१, सोमबार
,
Latest
फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण, अपेक्षा धेरै सम्भावना झिनाे



अ+ अ-

काठमाडाैंः चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।

सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन् ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए । भारत भ्रमण रद्ध भए सी असोज २५ मा नेपाल आउनेछन् । नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ । यो समाचार अन्नपूर्ण पोष्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।