१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र
अ अ+ अ-

पर्वत: निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो ।

२०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो ।

ठेकेदारको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकेको पाइएको छ । रु नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको हो ।

प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना लगाएर म्याद थप गरेको चार महीना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ । उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै रु छ करोड भुक्तानी लगिसकेको छ भने रु तीन करोड १७ लाख भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ ।

पटक पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उहाँले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानूनबमोजिम कारवाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले निरन्तर सूर्य कन्ट्रसनका सञ्चालक सूर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम नियमित गर्न दबाब दिइरहेका छौँ, तर अहिलेसम्म शुरु गरेको छैन ।” अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उहाँले बताउनुभयो । साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ ।

यता सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उहाँले अब केही पहरा कटान गरेर ट्र्याक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गर्नुभयो । हाम्रा निर्माण उपकरण साइटमै रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अहिले बर्खा लागेर काम भएको छैन आगामी पुस १५ भित्र काम सक्छौँ ।” राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।

उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले काम गर्छु गर्छु भनेको तर अझै बेवास्ता गरेकाले पत्रिकामा सूचनानै जारी गरेर कारवाहीको प्रक्रिया अघि बढाउन लागेको बताएको छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रुपमा हेरिँदै आइएको छ ।

पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेबाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ । करिडोरको पर्वतखण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भइरहेको छ ।

यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शव दाहसंस्कारका लागि जाने मलामी समस्यामा परेका छन् । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ ।

उक्त घाटनमा दैनिक आधा दर्जनको हाराहारीमा विभिन्न ठाउँबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन् । उक्त सडकको केही समय अघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अवलोकन गर्दै समयमै सम्पन्न गर्न आग्रह पनि गर्नुभएको थियो ।