१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

चाडपर्वमा रुट इजाजत खुला, मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने

चाडपर्वमा रुट इजाजत खुला, मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने
अ अ+ अ-

काठमाडौँ । यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।

चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिए ।

उनले दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिए । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् । सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको जानकारीसमेत महानिर्देशक हमालले दिए । चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ ।

नागरिक सहायता कक्ष
चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप अरू बेलाभन्दा बढी हुने भएकाले त्यसको व्यवस्थापनका लागि उपत्यकाका १४ स्थानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याइएको जानकारी महानिर्देशक हमालले दिनुभयो । नागरिक सहायता कक्ष असोज ५ देखि सञ्चालनमा आएको हो । ‘नागरिक सहायता कक्ष’ले बढी भाडा लिएको, टिकटअनुसार सिट पाउन नसकेको लगायतका समस्याको तत्काल अनुगमन गरी समाधान गर्ने उनले बताए ।

बन्यो अनुगमन समिति
त्यसैगरी चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गरेका समस्याको समाधानका लागि यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिएको छ । यो समितिमा ट्राफिक प्रहरी, यातायात व्यवसायी समितिका प्रतिनिधिसहितको अनुगमन समिति निर्माण गरिएको जानकारीसमेत उनले दिए । केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिका साथै छवटा अनुगमन समितिसमेत निर्माण गरिएको छ ।

यी अनुगमन समितिहरूले चाडपर्वको समयमा टिकट काटिने र यात्रुको बढी भीडभाड हुने काठमाडौँका विभिन्न स्थानमा अनुगमन गर्नेछन् । बढी भाडा लिएको, टिकटअनुसार सिट नपाएको, एउटा गाडीको टिकट काटेर अर्को गाडीमा पठाएको लगायतका अवस्थामा तत्काल कारबाही गर्ने अधिकार सो समितिलाई दिइएको छ ।

मुलुकले सङ्घीयताको अभ्यास गरिरहेको अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहलाई प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न, आवागमनलााई सहज र सुनिश्चित बनाउने जिम्मेवारी दिइएको जानकारी उनले दिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहभित्रको यातायात व्यवस्थापन गर्न पत्राचार भइसकेको जानकारी उनले दिए ।

प्राविधिक परीक्षण गरिने
विगतका वर्षहरूमा चाडपर्वको समयमा ग्यारेजमा थन्क्याइएका र बिग्रेका सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइएकाले बाटोमै बिग्रेर यात्रुले दुःख पाएको, विभिन्न दुर्घटना भएको पाइएकाले यो वर्ष काठमाडौँबाट छुट्ने यात्रुवाहक सवारी साधनको प्राविधिक परीक्षण गरेर मात्र गन्तव्यतर्फ पठाइने व्यवस्था मिलाइएको जानकारी महानिर्देशक हमालले दिए । यातायातको इतिहासमा चाडपर्वको समयमा सवारी परीक्षण पहिलो पटक गर्न लागिएको हो ।

सवारी साधनहरूको आकस्मिक प्राविधिक परीक्षण गरिने बताउँदै उनले बिग्रेको सवारी पाइएमा पूर्ण रूपमा मर्मतसम्भार गरी मात्र काठमाडौँबाट जान दिने व्यवस्था मिलाइएको जानकारी उनले दिए । यस्तो परीक्षण छड्के रूपमा गरिने उनले बताए । यो परीक्षण यातायात व्यवस्था विभागका प्राविधिकहरूको टोलीले गर्नेछ । असोज ४ बाटै परीक्षण सुरु भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तो परीक्षणले सवारी दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।
ठाउँको ठाउँ कारबाही

विगतमा चाडपर्वका बेला सवारी साधनले यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइए पनि यो वर्ष त्यस्तो कुनै घटना नहुने यातायात व्यवस्था विभागले जनाएको छ । बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनुगमन समितिलाई दिइएको जानकारीसमेत महानिर्देशक हमालले दिनुभयो । जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

‘नो ओभरटेक जोन’ घोषणा
चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको जानकारी धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले दिए । सो खण्डमा भत्किएको सडक तत्काल चौडा बनाउन सम्भव नदेखिएको हुनाले ‘नो ओभरटेक जोन’ घोषणा गरिएको उनले स्पष्ट पारे ।

त्यसैगरी त्रिभुवन राजपथअन्तर्गतको खानीखोलासम्म राति ९ बजे मात्र पुग्ने गरी काठमाडौँ भित्रिने ग्यास बुलेट, लामा भारी सामान बोकेका लरी, टिपरलगायतका भारी सवारी साधनलाई निर्देशन दिइएको जानकारीसमेत उनले दिए । काठमाडौँबाट बाहिरिने सवारी साधनहरू राति ९ बजेसम्म राजपथको सो खण्ड पार गरिसक्ने गरी व्यवस्था मिलाएकाले सो खण्डमा जाम नहोस् भनेर काठमाडौँ भित्रिने भारी सवारी साधनलाई सो निर्देशन दिइएको जानकारी उनले दिए। समाचार गोरखापत्र दैनिकबाट