९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर



अ+ अ-

मान्म । कालीकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटको आयोजनामा आइतबार फोइमहादेव गाउँमा शिविर सञ्चालन गरिएको हो ।

दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग,  पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो ।

“हामीले विगतदेखि नै निःशुल्क स्वास्थ्यशिविर चलाउँदै आएका छौं, त्यहाँबाट ३२६ जनाले सेवा लिनुभएको छ ।”, उहाँले भन्नुभयो । सो अवसरमा विभिन्न रोगको उपचार तथा परामर्श सेवा प्रदान गरेको कार्यालय प्रमुख वीरेन्द्रकुमार केसीले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र कालकोटका डाक्टर नमराज बोहरासहितको टोलीले बिरामीको उपचार तथा परामर्श सेवा दिनुभएको हो ।

२९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीले सेवा लिएको प्रमुख केसीले जानकारी दिनुभयो । निःशुल्क उपचार पाउँदा नागरिक हर्षित भएको महादेव माध्यमिक विद्यालयका प्रधानाध्यपक नरदीप शाहीले बताउनुभयो ।