६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर



अ+ अ-

मान्म । कालीकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा निःशुल्क योग तथा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटको आयोजनामा आइतबार फोइमहादेव गाउँमा शिविर सञ्चालन गरिएको हो ।

दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, स्त्री रोग,  पायल्स, नाक, कान, घाँटी, बाथ तथा बालरोगलगायत विभिन्न समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो ।

“हामीले विगतदेखि नै निःशुल्क स्वास्थ्यशिविर चलाउँदै आएका छौं, त्यहाँबाट ३२६ जनाले सेवा लिनुभएको छ ।”, उहाँले भन्नुभयो । सो अवसरमा विभिन्न रोगको उपचार तथा परामर्श सेवा प्रदान गरेको कार्यालय प्रमुख वीरेन्द्रकुमार केसीले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र कालकोटका डाक्टर नमराज बोहरासहितको टोलीले बिरामीको उपचार तथा परामर्श सेवा दिनुभएको हो ।

२९ वर्षदेखि ६० वर्ष उमेर समूहका बिरामीले सेवा लिएको प्रमुख केसीले जानकारी दिनुभयो । निःशुल्क उपचार पाउँदा नागरिक हर्षित भएको महादेव माध्यमिक विद्यालयका प्रधानाध्यपक नरदीप शाहीले बताउनुभयो ।