१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ हजार घर पुनःनिर्माण



अ+ अ-

गोरखा । जिल्लाका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् ।

आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । बाह्र हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए । यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ ।

रु एक करोड ५९ लाख ४० हजार लागतमा घरेलु तथा साना उद्योग विकास समिति, रु दुई करोड ६५ लाख चार हजार लागतमा डिभिजन वन कार्यालय र रु दुई करोड १४ लाख ९० हजारको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो । सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा दश स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । नौ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्र्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।