१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

छ हजार घर पुनःनिर्माण

छ हजार घर पुनःनिर्माण
अ अ+ अ-

गोरखा । जिल्लाका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् ।

आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । बाह्र हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए । यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ ।

रु एक करोड ५९ लाख ४० हजार लागतमा घरेलु तथा साना उद्योग विकास समिति, रु दुई करोड ६५ लाख चार हजार लागतमा डिभिजन वन कार्यालय र रु दुई करोड १४ लाख ९० हजारको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो । सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा दश स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । नौ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्र्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।