२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी जापान जाँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान भ्रमण जाने भएकी हुन् ।

राष्ट्रपति भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा सरकारले लिएको र स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।

अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण हुने भएकाले राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति तय नभएको अधिकारीहरुले बताएका छन् । भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने एक उच्च अधिकारीले बताए ।

जापानका सम्राट नारुहितो युवराज भएकै बेला सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए । जापान र नेपालको राजपरिवारबीच धेरै पुरानो सम्बन्ध र भ्रमण आदान प्रदान हुने गरे पनि नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।

यसअघि प्रथम राष्ट्रपति स्वास्थ्योपचारको लागि जापान गरेका थियो ।