• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन् ।

इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र प्यालेस्टाइनका मुद्दाहरु ज्युँकात्युँ छन् । व्यापार सम्झौताका कतिपय विषयहरु टेबलमा अलपत्र छन् । केही व्यापार सम्झौता होलान् कि भन्ने देखिए पनि कतिपय अबरुद्ध भएर थन्किएका छन् ।

राष्ट्रपति ट्रम्पले पटकपटक यी सम्झौताहरु तत्कालै गर्न आफूलाई हतारो नभएको बताउन थाल्नुभएको छ । हो मध्यस्थता गर्न समय अवश्य लाग्छ । उहाँ राष्ट्रपतिको कुर्सीमा रहनुभएको पनि तीन वर्ष भइसक्यो र सन् २०२० को चुनाव संघारमै आइपुगेको छ ।

विगतमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका राष्ट्रपतिसँग काम गरिसक्नुभएका पूर्व विदेशमन्त्री निकोलस बन्र्स यतिधेरै सम्झौता हुन नसक्नुमा राष्ट्रपतिलाई मात्र दोष दिने ठाउँ नरहेको बताउनुहुन्छ ।
राष्ट्रपति ट्रम्प चीनका व्यापार नीतिमाथि खरो रुपमा प्रस्तुत हुनुभएको छ र यो ट्रम्पको स्वागतयोग्य कदम रहेको बन्र्सको भनाई छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन तालिबानसँग वार्तारत छ ।

“तर पनि ट्रम्पले झण्डै तीन वर्षको अवधिमा एउटा पनि विदेश मामिला मुद्दा सुल्झाउन वा निर्णय दिन सक्नुभएको छैन,” बन्र्सले भन्नुभयो ।

ट्रम्पका आलोचकहरुले सफलता बेगर नै राष्ट्रसंघमा उपस्थित हुँदा उहाँको कमजोर अवस्थालाई नै दर्शाउने बताएका छन् । केही विदेश मामिला विज्ञहरुले केही मुद्दामा अन्तर्राष्ट्रिय मध्यस्थता शुरु हुनु पनि ठूलो कुरा रहेको जनाएका छन् । एक दिन विदेशी नेतामाथि कटु आलोचना गर्ने र अर्को दिन वार्तामा बस्ने ट्रम्प नीतिका कारण सबैजसो रनभुल्लमा परेको उनीहरुको बुझाई छ ।

तर राष्ट्रपति ट्रम्पको भनाई छ, “सौदाबाजी गर्ने यो मेरो शैली हो । यसले वर्षौंदेखि मलाई राम्रै फाइदा दिएको छ, र मुलुकलाई पनि फाइदा पुगेको छ ।”

राष्ट्रपति ट्रम्पको “अमेरिका पहिलो” मन्त्रले राष्ट्रसंघका यसअघिका महासभामा खासै प्रभाव सिर्जना गर्न सकेनन् । अहिले, अमेरिका र इरानबीच जारी द्वन्द्वका सन्दर्भमा तेहरानमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ ।