११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने… बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम



अ+ अ-

काठमाडाैँ । चितवनकाे कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अबधारणका विषयमा किसानलाई तालिम दिइएको छ ।

ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैङ्क, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो । एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी (फङ्गस) र परजीवी जस्ता सूक्ष्मजीवलाई मार्ने वा वृद्धि रोक्ने औषधि हो । तालिममा चितवन र नवलपुर जिल्ला ५३ जना पशुपालक किसानको सहभागिता थियो ।

त्यसमध्ये ५० प्रतिशतभन्दा बढी महिलाको सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन डा शङ्कर बसैलाले पशुपालन क्षेत्रको दिगो विकासका लागि किसानमा वैज्ञानिक ज्ञान, जैविक सुरक्षा र जिम्मेवार औषधि प्रयोगको संस्कार विकास हुनु आजको आवश्यकता रहेको बताउनुभयो ।

तालिमका अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार तथा पशुचिकित्सा विषयका प्राध्यापक डा सुवीर सिंह, पूर्वउपकुलपति प्राडा होमबहादुर बस्नेत, प्राडा मनोजकुमार शाह, प्राडा रेवन्तकुमार भट्टराई, डा अनिलकुमार तिवारी, डा शेखर पोखरेल र डा रामकृष्ण यादवले विषयगत जानकारी र अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । त्यस अवसरमा किसानले आफ्नो दैनिक पशुपालन अभ्यासमा देखिएका रोग व्यवस्थापन, एन्टिबायोटिकको उचित प्रयोग, खोप, जैविक सुरक्षा, पशु स्वास्थ्य, उत्पादन व्यवस्थापन तथा अन्य व्यावहारिक समस्यासम्बन्धी जिज्ञासा राख्नुभयो । रासस