१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन कात्तिक ३ देखि चितवनमा

एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन कात्तिक ३ देखि चितवनमा
अ अ+ अ-

चितवन । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा उक्त सम्मेलन हुने भएको हो । विश्वविद्यालयले यसअघि सन् २०१७ मा अन्तरराष्ट्रिय भैँसीविज्ञको सम्मेलन र २०१८ मा अन्तरराष्ट्रिय पोल्ट्री सम्मेलनको आयोजना गरिसकेको छ ।

इन्टरनेशनल गोट एशोसिएसन, अमेरिकासँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थाको सहआयोजनामा सम्मेलन हुन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यवाहक उपकूलपति प्रा डा शारदा थपलियाले जानकारी दिनुभएको छ ।

सम्मेलनमा अमेरिकाबाट इन्टरनेशनल गोट एशोसिएसनका अध्यक्ष डा बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुन गइरहेको अन्तरराष्ट्रिय बाख्राविज्ञको सम्मेलन–२०२० आयोजक समितिका अध्यक्ष डा सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डीन प्राडा यिङ्जी झाङ्ग जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १५ देशका ३०० व्यक्ति सम्मेलनमा सहभागी हुनेछन् ।

बाख्राको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी र गैर सरकारी सङ्घसंस्थाका बीचमा बृहत् सञ्जाल र सहकार्य गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरलाई भविष्यमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो ।

‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा हालसम्म नेपाल, भारत, पाकिस्तान, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हङ्गेरी, चीन, इण्डोनेसिया, बङ्गलादेश, फ्रान्स, केन्यालगायत १४ देशका बाख्रा विज्ञको उपस्थिति हुने भएको छ ।

सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनको नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिक प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी क्षेत्रलाई समेटेर तीन वटा विशेषज्ञ कार्यपत्र, १४ वटा आमन्त्रित मुख्य विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

ग्रामीण जनता, भूमिहीन, सुकुम्बासी, सिमान्तकृत समुदाय, र साना किसानको अर्थतन्त्र, जीविकोपार्जन र पारिवारिक पोषणमा बाख्रापालनले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको कूल मासु उत्पादनमा बाख्राको हिस्सा झण्डै २० प्रतिशत छ । पशुपक्षी विभागको तथ्याङ्कमा नेपालमा बाख्रा, खसी र बोकाको सङ्ख्या लगभग एक करोड १६ लाख रहेको अनुमान छ ।

विश्वमा करीब ३५१ जातका बाख्रामध्ये एशिया महादेशमा मात्र १४६ जातका बाख्रामध्ये नेपालमा जम्मा चारथरिका रैथाने जातका बाख्रा पाइन्छन् । विश्वका कूल बाख्राको सङ्ख्याको करीब ९२ दशमलव पाँच प्रतिशत र अफ्रिका महादेशमा मात्र रहेको पाइन्छ । विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा सङ्ख्याका आधारमा विश्वमा नेपाल १०औँ स्थानमा रहेको छ । चीन र भारत पहिलो र दोस्रो स्थानमा छन् ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालले भारत मलेसिया, इटाली, फ्रान्स, अष्टे«लिया, पोल्याण्ड, जर्मनीलगायतका मुलुकबाट करीब रु पाँच अर्ब बराबरको जिउँदा बाख्रा र मासु आयात गरेको थियो । त्यसमा रु तीन अर्ब २९ करोडको जिउँदो बाख्रा रु १८ करोडको मासु र रु एक अर्ब ८३ करोडको माछा आयात गरेको थियो ।