७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले दिलायो पीडितलाई न्याय



अ+ अ-

जीतपुर । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् ।

रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए । पीडितले कार्कीलाई जम्मा रु ४५ लाख बुझाए काम नभएको र रकम पनि फिर्ता नभएको भन्दै नेकपा कपिलवस्तु पार्टी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो । निदेवनपछि सम्पर्कविहीन कार्की पार्टीको सम्पर्कमा आएर पीडितको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएकाले उहाँकै निवासमा पीडितलाई बोलाइ जिल्ला पार्टी कार्यालयले उनीहरुको रु ३८ लाख फिर्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । दुवै पक्षलाई राखेर छलफल गर्दा रु ३८ लाख कार्कीले लिएको र बाँकी रु सात लाख रकम पीडितबाट कार्कीलाई सम्पर्क गराउने मध्यस्तकर्ताले लिएको तथ्य खुलेको थियो । पार्टी अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितबाट विश्वले लिएको रकम फिर्ता गरेका थिए ।

कार्कीले लिएको सम्पूर्ण रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए ।