१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिग: आर्सनलद्वारा एस्टन भिल्ला पराजित



अ+ अ-

काठमाडैं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउदै जित आफ्नो पक्षमा पारेको हो । खेलको २० औं मिनेटमा जोन मिकगीनले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा मैटल्याण्ड निल्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा आर्सनल १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफमा भने आर्सनलले खेलमा राम्रो प्रदर्शन गर्यो । निकोलस पेपेले खेलको ५९ औं मिनेटमा गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याईदियो । तर त्यसको १ मिनेटमै वेस्लीले गोल गर्दै पुनः एस्टनलाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८१ औं मिनेटमा कलुम च्याम्बर्सले गोल गर्दै पुनः आर्सनललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई पुर्णता ३–२ को जित दिलाए । जितसँगै आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ ।