७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिग: आर्सनलद्वारा एस्टन भिल्ला पराजित



अ+ अ-

काठमाडैं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउदै जित आफ्नो पक्षमा पारेको हो । खेलको २० औं मिनेटमा जोन मिकगीनले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा मैटल्याण्ड निल्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा आर्सनल १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफमा भने आर्सनलले खेलमा राम्रो प्रदर्शन गर्यो । निकोलस पेपेले खेलको ५९ औं मिनेटमा गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याईदियो । तर त्यसको १ मिनेटमै वेस्लीले गोल गर्दै पुनः एस्टनलाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८१ औं मिनेटमा कलुम च्याम्बर्सले गोल गर्दै पुनः आर्सनललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई पुर्णता ३–२ को जित दिलाए । जितसँगै आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ ।