२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित



अ+ अ-

मिक्लाजुङ । दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ ।

यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताए । उनले भने, “माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ।”

यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताए । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुनेभएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि बिक्री गर्ने गरेको उनले बताए । यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ, अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताए ।