२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट खर्च छानबिन गर्न समिति गठन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा. भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।

आव.२०७५/७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उनले बताए । “समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ”, प्रवक्ता केसीले भने, “जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।”

त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उनले जनाए । त्यसैगरी प्रदेश सरकारको सोही दिनको बैठकले दैलेख निवासी सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत रु पाँच लाख र करेन्ट लागेर बिरामी भई काठमाडौँमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईंलाई रु एक लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताए ।