९ श्रावण २०८३, शनिबार
,
Latest
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु



अ+ अ-

कर्णाली। मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।

रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

उक्त पहिरोबाट जगनाथ र उहाँकी श्रीमती सिर्जना बडुवाललाई सामान्य चोट लागेको छ । लामाको घर पूर्णरूपले क्षति भएको र अन्य आठ घर पहिरोको जोखिममा रहेका जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताउनुभयो ।

घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । पुलु पुग्न मुगु सदरमुकामबाट सात घण्टा पैदल हिँड्नुपर्छ ।  रासस