७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरै गाउँ भाइरल ज्वरोको जोखिममा



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताए ।

सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उनको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताए ।

मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि खेतीपाती भित्र्याउनसम्म समस्या भएको छ भने बालबालिका विद्यालय जान नसकेका स्थानीयवासीले बताएका छन् । बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खनाखान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

भाइरल ज्वरो र टाउको दुखाइले बालबालिका विद्यालय जान नसक्दा घरमै थला परेका कारण विद्यालयसमेत बन्द गर्नुपरेकोे हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले जानकारी दिए । विद्यालयमा १३२ सम्म बालबालिका पढ्न आउने गरेका तर अहिले १५ देखि २० सम्म पनि मुस्किलले आउने गर्दा विद्यालय बन्द हुने अवस्था आएको प्रधानाध्यापक चन्दको भनाइ छ ।