५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को परीक्षाफल सार्वजनिक



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो जसमा परीक्षामा नियमितर्फ ३,४९,६०३, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।