१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम
अ अ+ अ-

ताप्लेजुङ । किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा पाँचथरका प्रमुख यादव गौतमले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–“विगतको तुलनामा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ, किसानले पशुको बीमा गर्नुपर्छ भन्ने विषय बुझ्दै गएपछि बीमा गर्नेको सङ्ख्या बढेको हो ।”

अहिले पाँचथर जिल्लामा मात्र चार वटा निर्जिवन बीमा कम्पनी छन् । जसमा तीन वटा कम्पनीले पशु बीमा गरिरहेको गौतम बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ– “ किसानलाई थोरै रकम खर्च गरे बीमामा सहभागी हुन पाउने अवसर मिल्ने भएकाले पशु बीमा बढेको हो ।”

पशुपालन गरिरहँदा लापरवाही गरांै, पशु मरोस, दुर्घटना होस् भन्ने कुनै पनि किसानमा नहुने फिदिम नगरपालिका–२ देउरालीमा गाई फार्म सञ्चालन गरिरहनुु भएका टेकनाथ रिजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“आफूले पालन गरिरहेका पशुरुलाई सुरक्षित बनाउने तर्फनै आफ्नो ध्यान जान्छ, कहीलेकाहीँ पशु दुर्घटनामा पर्नसक्ने भएकोले गाईको बीमा गरेको छु । पशुको बीमा गर्दा धनीको समेत हुने भएकाले ८ वटा गाईको बीमा गरेको छु”, उहाँ भन्नुहुन्छ, “आफूले विभिन्न स्थानबाट ऋण लिएकाले पशुमा क्षति भए त्यसमा केही सहायता मिल्छ । ठूलो क्षति हुनबाट जोगिन बीमा आवश्यक छ ।”

पशु बीमा गर्दा पशु प्राविधिक अनिवार्य आश्यक पर्ने बीमा कम्पनीले जनाएका छन् । बीमा गर्दा पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा पशु प्राविधिक आश्यक भएको हो । शुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या परेको प्राविधिक लक्ष्मी बाँस्कोटा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“एक वर्षको अवधिका लागि मात्रै बीमा हुने भएकाले थोरै झन्झटिलो छ । तर, पनि किसानको आर्थिक क्षति कम गर्न पशु बीमा अनिवार्य जस्तै छ । २०७५ साल वैशाख १ गतेबाट पशुको बीमा गर्दा पशु धनीको बीमा गर्न थालेपछि किसान झन खुशी भएका छन् ।”

जिल्लामा अहिले एनएलजी लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र नेको इन्सोरेन्छ छन् । उनीहरुले ताप्लेजुङलाई समेत समेटेका छन् । एक हजार ५०० बढी पशु चौपायको बीमा गरिसकेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी दिन थालेको छ । कम्पनीले २०७४/७५ मा ५०८ वटा पशुको बीमा गराएकोमा २४ वटा मृत्यु दाबी भएका थिए । तीमध्ये २१ पशुको दाबी भुत्तानी दिइसकेको छ । त्यसैगरी २०७५/७६ मा ९९३ पशुको बीमा भएकोमा २३ पशुको मृत्यु दाबी आएको र २० वटा पशुको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।