१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

औषधि व्यवस्था विभागको महानिर्देशक पदमा ढकाल

औषधि व्यवस्था विभागको महानिर्देशक पदमा ढकाल
अ अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुन: नारायण ढकालले कार्यभार सम्हाल्नु भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उहाँलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो । महानिर्देशक ढकालले भन्नुभयो, “मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।”

स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उहाँलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो ।

उहाँले मन्त्रालयको सो निर्णय कार्यान्वनयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो ।

मन्त्रालयले दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश आएको करीब दश दिनसम्म मन्त्रालयले उहाँलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो ।