२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिक बलियो भएमात्र उद्योग धन्दा फस्टाउछ : मन्त्री विष्ट



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिक बलियो भएमात्र उद्योग धन्दा फस्टाउने बताएका छन् ।

विश्व ट्रेड युनियन महासंघ विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सामान्य जीवनयापन पनि गर्न नसक्ने अवस्थामा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका छन् ।

मन्त्री विष्टले श्रमिकहरु सधैं पीडित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । साथै उनले सम्मेलनले श्रम क्षेत्रमा सबैखाले लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा २० देशका श्रमिक प्रतिनिधि सहभागी छन् ।