८ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल



अ+ अ-

काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय नागरिक, अन्य सुरक्षा तथा प्रशासनिक निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभएको हो । उहाँले सीमा व्यवस्थापनका लागि छिमेकी राष्ट्रका समकक्षी सुरक्षा निकायहरूसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

उत्तर र दक्षिण दुवैतर्फका समकक्षीहरूसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर सीमा सुरक्षा र अपराध नियन्त्रणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सशस्त्र प्रहरी बल प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी बल सीमा क्षेत्रका नागरिक, स्थानीय समुदाय, सुरक्षा तथा प्रशासनिक निकाय र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धताका साथ काम गरिरहेको छ । उत्तरतर्फ र दक्षिणतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाई दुई देशबीच समन्वयका माध्यमबाट सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ । हालसम्म संगठनले सीमा सुरक्षा, नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र क्षमताअनुसार सीमा क्षेत्रको सुरक्षा, शान्ति–सुव्यवस्था र समग्र सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा सशस्त्र प्रहरी बल प्रतिवद्ध रहनेछ ।’

सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्थाका लागि विगतदेखि नै विभिन्न सुरक्षा कारबाही र गतिविधिहरू सञ्चालन गर्दै आएको महानिरीक्षक पौडेलले बताउनु भयो । आगामी दिनमा पनि प्रचलित कानूनको परिधिभित्र रही उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन सङ्गठन क्रियाशील रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।