१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वच्छ मासुको पोस्टरमा गाईको तस्वीर राखेपछि…



अ+ अ-

काठमाडौं । पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर पनि राखेको छ ।

पोस्टरमा गाईको तस्वीर राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति जारी गदैं आपत्ति जनाएको छ । दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको राप्रपाले जनाएको छ ।

राप्रपाले उक्त प्रचार सामाग्री संकलन, जफत र नष्ट गर्न पनि माग गरेको छ । ‘यो नियतवश वा भूलवश के हो भन्नेबारेमा अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विभागले पोस्टमा मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखेको छ ।