७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशु सेवा विभागले माग्यो माफी



अ+ अ-

काठमाडौँ । पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर परेपछि विभागले माफी मागेको छ।

‘बधसालदेखि भान्सासम्म स्वच्छ र स्वस्थ्य मासु’ शीर्षकमा विभागले छापेको ब्यानरमा गाईंको समेत तस्वीर राखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो ।

सार्वजनिक रुपमा टिप्पणी हुने वित्तिकै विभागका महानिर्देशक डा वंशीराज शर्माले विज्ञप्ति जारी गर्दै छपाइको क्रममा भुलवस गाईंको फोटो पर्न गएको प्रष्टिकरण दिएका छन्।

बा २ झ ३८११ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा, आदिएको उत्पादन प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारका लागि राखिएको पोष्टहरुमध्ये एउटामा पोष्टरमा छपाईको त्रुटीका कारणलेले गाईको तस्वीर भुलवस अन्यत्र पर्न गएकोमा सर्वसाधरण लगायत सम्पूर्ण सरोकारवालाहरुले उठाउनुभएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको ‘ विज्ञप्तिमा जनाएको छ ।

साथै ‘हाल उक्त त्रुटीलाई सच्याइ सकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटीप्रति पशु सेवा विभाग हार्दिक क्षम याचना गर्दछ।’ महानिर्देशक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।