१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार घुस लिदै गरेको भिडियो सिसी क्यामरा देखिएपछि…



अ+ अ-

काठमाडौं । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आ’त्मह’त्या गरेका छन् ।

अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आउनु भएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आ त्मह’त्या गर्नुभएको हो । मृतक सुवेदीको श’वको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।

कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महिनामा रु एक हजार रकम लिँदै गरेको सिसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो ।

विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आ रोप लगाएका छन् ।

गत माघ महिनामा बुबाको निधन भएको सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकैवर्षमा दुईवटा शोक परेको भन्दै आफन्तले सुवेदीकी श्रीमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा शोकमा परेको आफन्तको भनाइ छ । सुवेदीको आजै दाहसंस्कार गरिने परिवारले बताएका छन् ।