१४ आश्विन २०८१, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैदेशिक रोजगार संघमा काँग्रेसको प्यानलै विजयी



अ+ अ-

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमितिमा बिष्णुप्रसाद गैरे प्यानलले ‘क्लिन स्वीप’ गरेको छ । मंगलवार भएको चुनावमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका सबै उम्मेदवारले विजयी हाँसिल गरेका हुन् । अध्यक्षमा बिष्णु प्रसाद गैरेले अर्का अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४७ मतले पराजित गर्दै बिजयी भएका छन् ।

अध्यक्ष गैरेले ३ सय ३० मत ल्याएका थिए भने पोखरेलले २ सय ८३ मत मात्र ल्याएका थिए । कांग्रेस समर्थित व्यवसायीहरुको संस्था फोरमबाट गैरे नेतृत्वको लोकतान्त्रिक प्यानल बनाएर चुनावमा होमिएको थियो भने नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावमा उत्रिएको थियो ।

संघको प्रथम उपाध्यक्षमा हिमारब ओभरसिज प्रा. लिका संचालक कमल तामाङ्ग बिजयी भएका छन् । उनले ३ सय ८१ मतका साथ हरिवहादुर पाण्डेलाई १५१ मतान्तरले पछाडि पार्दै जित हात पारेका हुन् । त्यसैगरी उपाध्यक्षमा ३२२ मत ल्याएर मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय विजयी भएका छन् । महासचिवमा ३ सय ८८ मत ल्याई एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ विजय भएका छन् ।

उनले प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पछाडि पार्दै बिजयी भएका हुन् । सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन् ।

यसैगरी त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल , डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा.लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा. लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई सदस्यमा बिजयी भएका छन् ।

सबै व्यवसायीहरुको हकहीतका लागि संघले काम गर्ने भन्दै आफ्नो समूहलाई नै विजयी गराएकोमा संघको अध्यक्षमा निर्वाचित भएका गैरेले खुशी व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले नवनिर्वाचित गैरे समूहलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कसको मत कति र ? अध्यक्ष : विष्णुप्रसाद गैर : 330
अध्यक्ष : सरोज कुमार पोखरेल: 283

प्रथम उपाध्यक्ष : कमल तामाङ : 381 प्रथम उपाध्यक्ष : हरि बहादुर पाण्डे क्षेत्री: 230

द्धितिय उपाध्यक्ष : कमलदेव मल्ल : 322
द्धितिय उपाध्यक्ष स् मुक्तिनाथ अधिकारी : 287

तृतिय उपाध्यक्ष : किशोर कुमार केसी: 360
तृतीय उपाध्यक्ष : अख्तर हुसेन : 244

महासचिव : सुजित कुमार श्रेष्ठ : 384
महासचिब : रामचन्द्र गिरी (आर.सी): 223

सचिव : मेघनाथ भुर्तेल : 333
सचिब : सन्जु गुरुङ : 273

कोषाध्यक्ष : इन्दिरा गुरुङ : 367
कोषाध्यक्ष : तेज माया लिम्बु (तेजु) : 237

सदस्यहरु:
कर्णराज कटुवाल: 336
दिनेश कुमार राय (राहुल): 312
सुरेन्द्र अर्याल: 325
हर्कबहादुर लिम्बु: 340
विजय लामा: 361
बाबुलाल मगर (नरेन्द्र): 325
केशवराज न्यौपाने: 307
छविलाल भट्टराई: 300
जंगबहादुर इजम: 336
लक्ष्मण पौडेल: 314

पराजीत सदस्यहरु:
होम प्रसाद तिमल्सिना: 247
दलबिर भण्डारी: 253
ओम बहादुर न्यौपाने: 228
सरीता घले: 284
सोम बहादुर तामाङ: 281
बाबुराम खड्का: 249
नुर मोहम्मद मियाँ: 229
दोर्जे शेर्पा: 264
केदारनाथ अधिकारी (दिपेन्द्र): 253
विरेन्द्र कुमार यादब: 222