१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अछाम पुगेर डा.महतले भने- सरकारले प्रेसको अधिकार कुण्ठित गर्न खोज्यो

अछाम पुगेर डा.महतले भने- सरकारले प्रेसको अधिकार कुण्ठित गर्न खोज्यो
अ अ+ अ-

अछाम । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले वर्तमान सरकारले प्रेस सञ्चार जगतमाथि बारम्बार आक्रमण गरेको र प्रेसको मुख थुनेर आफ्नो निरंकुश शासन स्थापना गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रेस जगतको मुख थुनेपछि आमनागरिकको अधिकार कुण्ठित गर्न सजिलो हुने भएकोले सरकार सोही अभ्यासमा रहेको बताए ।

नेपाल प्रेस युनियन अछामको सातौं जिल्ला अधिवेशनको मंगलबार मंगलसेनमा उद्घाटन गर्दै महतले सरकारले संचारमाध्यमलाई निषेध गर्नकै लागि संसदमा विधेयक ल्याएको दाबी पनि गरे । उनले भने, निरंकुश शासनको अभ्यासमा रहेको सरकारले कसरी प्रेसलाई आफ्नो छायाँमा राख्न सकिन्छ भनेर कहिले विधेयक त कहिले के गरी वितण्डा मच्चाएको छ, तर यस्ता संविधान विरोधी क्रियाकलापको नेपाली काँग्रेसले डटेर विरोध गरिरहेको छ ।

सहमहामन्त्री डा.महतले भने, यो कुनै पार्टीको मात्र कुरा नभएर आम नागरिकको अधिकारलाई कुण्ठित गर्ने कुरा हो, त्यसैले कांग्रेस यसको बिरुद्धमा उभिएको छ । नेपाली काँग्रेस यसको स्थापना देखि नै नागरिकका वैयक्तिक तथा प्रेस स्वतन्त्रता, शान्ति र प्रजातन्त्रका लागि लडेको प्रसंग उल्लेख गर्दै लोकतन्त्रका यी आधारभूत अधिकारको हनन् गर्न खोज्ने सरकारका कदमलाई कदापि सफल हुन नदिने उनले बताए ।

सरकारको जतिसुकै धम्की र दबाब भएपनि छायाँमा उसको छायाँमा नपरी प्रेस जगतले स्वच्छ, निश्पक्ष र सत्यतथ्यलाई निर्भिकतापूर्वक उजागर गर्न पनि उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्न सरकारले जति प्रेस जगतलाई तर्साउन खोज्छ त्यति नै बढी सशक्त र सक्रिय भएर प्रेस स्वतन्त्रताको अभ्यास गर्न र सामाजिक उत्तरदायित्वको मनन् गरी सरकारका गलत क्रियाकलापकहरु सार्वजनिक गर्न पनि उनले मुलुकको प्रेस जगतलाई सुझाए ।

सरकारले प्रेसको अधिकारलाई कुण्ठित गर्ने र प्रेस स्वतन्त्रता हनन् गर्ने हिसाबले काम गर्दा नेपाली काँग्रेस सदैव प्रेसको साथमा रहेको विगतको इतिहासको स्मरण गर्दै डा.महतले आगामी दिनमा पनि यदि प्रेसलाई अप्ठेरो पर्ने अवस्था आयो भने नेपाली काँग्रेस सधैं प्रेसको पक्षमा रहने प्रतिबद्धता पनि सहमहामन्त्री डा.महतले व्यक्त गरे ।

मिडियाबाट सरकारका गलत कामको पर्दाफास हुन थालेपछि सरकारले मिडियालाई नियन्त्रणमा राख्न खोजिरहेको उनको भनाई थियो। “मिडिया र सामाजिक सञ्जाल निषेध गर्न सक्यो भने जनता बोल्ने ठाउँमा हुँदैन भन्ने कुरा सरकारलाई थाहा छ,” उनले भने। कांग्रेसको नेतृत्वमा देशमा ०४६ सालपछि आएको परिवर्तनले सूचना संचारको विकास भएको औँल्याउँदै महतले त्यसैको फलस्वरूप गाउँगाउँमा एफएम रेडियो खुलेको बताए।