१४ आश्विन २०८१, सोमबार
,
Latest
विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम पुगेर डा.महतले भने- सरकारले प्रेसको अधिकार कुण्ठित गर्न खोज्यो



अ+ अ-

अछाम । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले वर्तमान सरकारले प्रेस सञ्चार जगतमाथि बारम्बार आक्रमण गरेको र प्रेसको मुख थुनेर आफ्नो निरंकुश शासन स्थापना गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रेस जगतको मुख थुनेपछि आमनागरिकको अधिकार कुण्ठित गर्न सजिलो हुने भएकोले सरकार सोही अभ्यासमा रहेको बताए ।

नेपाल प्रेस युनियन अछामको सातौं जिल्ला अधिवेशनको मंगलबार मंगलसेनमा उद्घाटन गर्दै महतले सरकारले संचारमाध्यमलाई निषेध गर्नकै लागि संसदमा विधेयक ल्याएको दाबी पनि गरे । उनले भने, निरंकुश शासनको अभ्यासमा रहेको सरकारले कसरी प्रेसलाई आफ्नो छायाँमा राख्न सकिन्छ भनेर कहिले विधेयक त कहिले के गरी वितण्डा मच्चाएको छ, तर यस्ता संविधान विरोधी क्रियाकलापको नेपाली काँग्रेसले डटेर विरोध गरिरहेको छ ।

सहमहामन्त्री डा.महतले भने, यो कुनै पार्टीको मात्र कुरा नभएर आम नागरिकको अधिकारलाई कुण्ठित गर्ने कुरा हो, त्यसैले कांग्रेस यसको बिरुद्धमा उभिएको छ । नेपाली काँग्रेस यसको स्थापना देखि नै नागरिकका वैयक्तिक तथा प्रेस स्वतन्त्रता, शान्ति र प्रजातन्त्रका लागि लडेको प्रसंग उल्लेख गर्दै लोकतन्त्रका यी आधारभूत अधिकारको हनन् गर्न खोज्ने सरकारका कदमलाई कदापि सफल हुन नदिने उनले बताए ।

सरकारको जतिसुकै धम्की र दबाब भएपनि छायाँमा उसको छायाँमा नपरी प्रेस जगतले स्वच्छ, निश्पक्ष र सत्यतथ्यलाई निर्भिकतापूर्वक उजागर गर्न पनि उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्न सरकारले जति प्रेस जगतलाई तर्साउन खोज्छ त्यति नै बढी सशक्त र सक्रिय भएर प्रेस स्वतन्त्रताको अभ्यास गर्न र सामाजिक उत्तरदायित्वको मनन् गरी सरकारका गलत क्रियाकलापकहरु सार्वजनिक गर्न पनि उनले मुलुकको प्रेस जगतलाई सुझाए ।

सरकारले प्रेसको अधिकारलाई कुण्ठित गर्ने र प्रेस स्वतन्त्रता हनन् गर्ने हिसाबले काम गर्दा नेपाली काँग्रेस सदैव प्रेसको साथमा रहेको विगतको इतिहासको स्मरण गर्दै डा.महतले आगामी दिनमा पनि यदि प्रेसलाई अप्ठेरो पर्ने अवस्था आयो भने नेपाली काँग्रेस सधैं प्रेसको पक्षमा रहने प्रतिबद्धता पनि सहमहामन्त्री डा.महतले व्यक्त गरे ।

मिडियाबाट सरकारका गलत कामको पर्दाफास हुन थालेपछि सरकारले मिडियालाई नियन्त्रणमा राख्न खोजिरहेको उनको भनाई थियो। “मिडिया र सामाजिक सञ्जाल निषेध गर्न सक्यो भने जनता बोल्ने ठाउँमा हुँदैन भन्ने कुरा सरकारलाई थाहा छ,” उनले भने। कांग्रेसको नेतृत्वमा देशमा ०४६ सालपछि आएको परिवर्तनले सूचना संचारको विकास भएको औँल्याउँदै महतले त्यसैको फलस्वरूप गाउँगाउँमा एफएम रेडियो खुलेको बताए।