१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण



अ+ अ-

राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ ।

आव २०७६/७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, नेपाल राष्ट्रिय प्रावि जोगीपुर र प्रावि पहाडीनगरका विद्यार्थीलाई मङ्गलबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा पोशाक वितरण गरिएको हो ।

वडा कार्यालयले विद्यार्थीको पढाइका लागि गरेको सहयोगको कार्य अनुकरणीय र उदाहरणीय रहेको स्थानीय अभिभावक रामकुमार थारूले बताए ।