५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्च रकम लुकाएको आरोप



अ+ अ-

सिञ्जा । तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरक-फरक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे ।

नेकपाका नेता तथा तातोपानी गाउँपालिका सदस्य आदिप्रसाद न्यौपानेले राजनीतिक दललाई कुल्चेर कार्यक्रम गरेको भनी आक्रोश व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ मा टेकेर कार्यक्रम गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँगाउँमा गएर समावेशी ढङ्गले उपभोक्ता समिति गठन गरिएको, हुड्के नाच, दमाहा बाजा, बाह्रौँ शताब्दी पैगोलो मन्दिर आदि संरक्षण गर्न गाउँपालिका अघि बढिरहेको तथा गाउँपालिकालाई दूरसञ्चारमा पहुँच बढाएको जिकिर गरे ।