७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम



अ+ अ-

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो ।

दैनिक हजारौ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । असार–साउन महीनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै दुई महीना बिते पनि टालटुलसमेत हुन सकेका छैन् ।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सल्हेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेका छन् ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हँुदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन् । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले सडकको दुर्दशाप्रति आफू पनि चिन्तित रहेको बताउनुभयो । उहाँले सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै यो समस्या चाडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच चाडपर्व नजिकिएसँगै सिरहामा विस्फोटक पदार्थ पटका भित्रिने क्रम बढ्ेको छ । यसै क्रममा सिरहा प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट आज बिहान ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका– ७ स्थित सीमावर्ती क्षेत्रबाट करीब रु एक लाख मूल्य बराबरको पटाका, चिरचिरीलगायतका विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएका विस्फोटक पदार्थ सरोकारबालाको रोहबरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट रु डेढ लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।