५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार यसकारण एटिएम बन्द हुने



अ+ अ-

काठमाडौं । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकका एटीएम कार्ड आगामी शुक्रबार बन्द हुने भएको छ ।

एनएमबी र ओम बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन् । सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ कोर बैंकिङ सफवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउँनका लागि १० गते बैंक बन्द गर्न लागिएको हो । एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ ।

सो दिन बैंकको सम्पूर्ण काउन्टर, इन्टरनेट बैकिङ, एटिएम पिओएस (पस), रेमिट सेवा लगायत कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ ।