६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी



अ+ अ-

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन ।

गत आर्थिक वर्ष २०८२/०८३ मा रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिनुभयो ।

“लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो”, सूचना अधिकृत भट्टले भन्नुभयो, “तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।” उहाँले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व सङ्कलनमा प्रभावित हुने गरेको बताउनुभयो । यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । रासस