१४ आश्विन २०८१, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् ।

यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो थियो । आगामी डिसेम्बर २७मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ ।

सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो ।

सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।’

यो पोस्ट भाइरल भएपछि प्रहरीले यस मामिलामा जाँच सुरु गरेको थियो । जोधपुर डीसीपी धर्मेन्द्र यादवले कुनै सेलिब्रेटीलाई अदालतमा पेश गर्ने बेला पूर्ण सुरक्षा दिने बताए । खासमा कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको छ ।