५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंमा नयाँ नोट बिगार्नेमाथि कारवाही हुने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकजनालाई यस वर्षको दशैंमा खुद्रा र सुकिला नोटको लागि १८ हजार ५०० रुपैयाँको मात्रै सटही सुविधा दिने भएको छ।

सरकारी स्वामित्वका तीन बैंकले गरी उपत्यका भित्रका तीन २५ क्षेत्र बाट नगद सटही सुविधा राखेको जानकारी गराएका छन्। गत वर्षको दशैंमा प्रति व्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिएकोमा यस वर्षमा १८ हजार ५०० मा सीमित गरिएको राष्ट्र बैंकले जनाएको छ।

बिहीबारदेखि सात दिनका लागि सटही सुविधा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सर्वसाधरणले ५, १०, २० ५० र १०० दरका नोट गरी अधिकतम १८ हजार ५०० साट्‍न पाउने छन्। राष्ट्र बैंकले नोट सटहीको सूचनासँगै नोटमा कलर गर्ने वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने राष्ट्र बैंकबाट निकालिएको विज्ञप्तिमा जनाएको छ।