२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो



अ+ अ-

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार नरदेवी स्थायी घर भएका श्रेष्ठको परिवारले शवको सनाखत गरेको हो। उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

मंगलबार कीर्तिपुरस्थित ट्याङ्लाफाँटको चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा.५ च ३०३८ नम्बरको सेतो रङको किया कारमा अचानक आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार चोकमा आएर रोकिएको कारभित्र सुरुमा सामान्य रूपमा आगो सल्किएको देखिएको थियो। केही क्षणमै आगो तीव्र रूपमा फैलिएको थियो।

आगलागीपछि स्थानीय र प्रहरीको सहयोगमा अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाइएको थियो। तर, कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार उक्त कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ।घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।