७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त अनुगमन टोलीद्वारा होटलका म्याद गुज्रेका पेयपदार्थ तथा अखाद्य पदार्थहरु नष्ट



अ+ अ-

संयुक्त अनुगमन टोलीले सिरहाको लहानस्थित विभिन्न होटलबाट म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहा, जिल्ला उद्योग वाणिज्य सङ्घ लहानको संयुक्त अनुगमन टोलीले लहान बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटलहरुमा म्याद गुज्रेको कोकाकोला, फेन्टालगायतका पेयपदार्थ तथा खाद्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । यस्तै मिठाइ पसलमा मिठाइ बनाउन प्रयोग गरेका रङहरु मानव स्वास्थ्यमा असर पर्ने खालको पाइएको र ढक तराजुसमेत कम तौलको पाइएकाले ती सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ ।

अनुगनका क्रममा कतिपय पसल दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची र सरसफाइ नभएको पाइएकाले त्यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिइएको प्रमुख सिंहले बताए ।