५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा



अ+ अ-

हेटौँडा । हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाएपछि आज बिहानदेखि सडक सुचारु भएको सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी केही हप्ताअघि फाखेल सडकखण्डबाट पनि हेटौँडा काठमाडौँको यातायात सेवा सञ्चालन गरिएको थियो । हेटौँडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाले जनाएको छ ।