१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु



अ+ अ-

पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ ।