७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबेर एकको मृत्यु



अ+ अ-

जाजरकोट । भेरी नगरपालिकाको निर्माणाधीन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१ मैदेका अन्दाजी ४५ वर्षीय लोकबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम खलङ्गामा लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागि बनाएको खाडलमा डुबेको आशङ्का गरिएको छ । भवनको फिनिसिङका लागि निर्माण व्यवसायीले सोही खाल्डोमा पानी जम्मा गरेर राखेका थिए ।

खाल्डोमा करीब सात फिट पानी थियो । बुधबार बेलुका पानीभित्रबाट मृतावस्थामा प्रहरीले उनको शव निकालेको हो । उनी मङ्गलबार राति डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।