७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा भारतिय नागरिकले डकैती गर्दागर्दै प्रहरी पुगेपछि…



अ+ अ-

जनकपुर । डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बैरगिनियाका मुजिर अन्सारी, भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्निसिङ पसल ताला तोर्दै गरेको देखेपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ गर्‍यो।

तर डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।