१४ आश्विन २०८१, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा भारतिय नागरिकले डकैती गर्दागर्दै प्रहरी पुगेपछि…



अ+ अ-

जनकपुर । डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बैरगिनियाका मुजिर अन्सारी, भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्निसिङ पसल ताला तोर्दै गरेको देखेपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ गर्‍यो।

तर डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।